
१६ वैशाख, काठमाडौं । लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)ले काठमाडौ महानगरपालिमा दिएको उम्मेदवारी खारेज भएको छ।
स्थानीय तह निर्वाचन ऐन अनुसार प्रमुख र उप्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार नभएकाले लोपाको उम्मेदवारी खारेज भएको महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले अनलाइनखबरलाई जानकारी दिए ।
लोसपाले काठमाडौं महानगर प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषलाई उठाएको थियो । प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीले उम्मेदवारी दिएका थिए ।
उम्मेदवारी खारेज भएसँगै लोसापाले चुनाव लड्न नपाउने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4