
१६ वैशाख, तनहुँ । नेपाली कांग्रेस तनहुँले जिल्लाका विभिन्न स्थानीय तहमा बागी उम्मेदवार बनेकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।
जिल्ला सभापित जीतप्रकाश आलेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी दिनमा उचित मूल्यांकन हुने भन्दै पार्टीकातर्फबाट स्वतन्त्र उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।
‘पार्टीमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्याउनु हुने साथीहरुले उम्मेदवार बन्ने आकांक्ष राख्नु स्वभाविक विषय भएको तर साथीहरुको आकांक्ष अनुरुप टिकट उपलब्ध गराउन नसकेका कारण केही स्थानमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिइएको तर्फ पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषम परिस्थितिमा पार्टीप्रतिको निष्ठालाई मनन गर्दै आ-आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीका उम्मेदवारलाई सघाउन हार्दिक अपिल गर्दछु’ आलेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस् विज्ञप्तिः
प्रतिक्रिया 4