
१६ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धनुषाका कार्यरत निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भन्दै सेवाग्राहीसँग घुससहित भ्रष्टाचार गरेको आरोपमा सुनिलकुमार झाविरुद्ध अख्तियारले शुक्रबार मुद्दा दायर गरेको हो ।
अख्तियारले दायर गरेको आरोप पत्रमा लेखा अधिकृत झाले जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग ५ लाख लिएको पुष्टि हुन आएको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4