+

जिम्बाब्बेविरुद्ध एकदिवसीय खेल्ने नेपाली टिमको घोषणा

२०७९ वैशाख  १६ गते १५:४० २०७९ वैशाख १६ गते १५:४०
जिम्बाब्बेविरुद्ध एकदिवसीय खेल्ने नेपाली टिमको घोषणा

१६ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाब्बेविरुद्धको एक दिवसीय शृंखलाका लागि सन्दीप लामिछानेको कप्तनीमा १६ जनाकाे टाेली घाेषणा गरेको छ ।

यसअघि क्यानले एकदिवसीय र टी-२० शृंखलाका लागि २३ जनाकाे नाम घाेषणा गरेकाे थियाे । त्यसैबाट एकदिवसीय टोलीका लागि १६ जनालाई चयन गरेको हो । टिममा सुनिल धमलाले कमब्याक गरेका छन् ।

१६ जनाको नेपाली टोलीमा आशिफ सेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ सेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, बिक्रम सोब, किशोर महतो, सुनील धमला, सुशन भारी, र आदिल अन्सारी रहेका छन् ।

क्रिकेट खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय