
१६ वैशाख, दाङ। रुकुम पूर्वको भूमे गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका भिमबहादुर ओलीले उम्मेदवारी फिर्ता लिएका छन् ।
कांग्रेस र एमालेको गठबन्धनको तर्फबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका ओलीले शुक्रवार उम्मेदवारी फिर्ता लिएका हुन् । भूमेमा कांग्रेस र एमाले मिलेर निर्वाचन लड्ने भन्दै गठबन्धन गरेका थिए ।
अध्यक्षमा कांग्रेसका ओली र उपाध्यक्षमा एमालेका कमानसिङ डाँगीले उम्मेदवारी दिएका थिए । गठबन्धन गरेकाले कांग्रेसले उपाध्यक्षमा उम्मेदवारी दिएको थिएन । अब गठबन्धनका तर्फबाट एमालेका कमानसिङ डाँगीको मात्रै उपाध्यक्षमा उम्मेदवारी छ ।
भूमेको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसँगै माओवादी केन्द्रका होमप्रकाश श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कमान पुन र मंगोल नेश्नल अर्गनाइजेशनका रतन पुनको मात्रै उम्मेदवारी छ । ओलीले पार्टीमा छलफलपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको बताए ।
हेर्नुस् पत्र
प्रतिक्रिया 4