
१६ वैशाख, बुटवल । जनता समाजवादी पार्टी (जसपा) बाट बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका दुवै जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
जसपाबाट मेयरमा सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले मनोनयन दर्ता गरेका थिए ।
नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनका उम्मेदवारलाई सघाउने गरी मेयर र उपमेयरका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जसपा लुम्बिनीका मुख्य सचिव यज्ञ पोखरेलले जानकारी दिए ।
‘मेयरमा कांग्रेसका खेलराज पाण्डेय र उपमेयरमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता लिइएको हो, वडा तहका उम्मेदवारी भने फिर्ता भएको छैन’ पोखरेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4