
१६ वैशाख, डडेलधुरा । नेपाली कांग्रेसको कारबाहीमा परेका नेता कर्णबहादुर मल्लले स्थानीय तह चुनावको प्रचारका लागि नेकपा एमालेसँग मिलेर संयुक्त कार्यालय खोलेका छन् ।
नेपाली कांग्रेस वी.पी.को नाममा डडेलधुरामा एमालेसँग तालमेल गरेका उनले डडेल्धुराको अमरगढीमा स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस वी.पी.बाट अमरगढी नगरपालिकाको मेयर उठेका कांग्रेस नेता हरिप्रसाद भट्टसहित एमालेका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
मल्लले एमालेसँग गठबन्धन गर्दै डडेलधुरामा आफ्ना उम्मेदवार उठाएपछि नेपाली कांग्रेसले उनलाई कारबाही गरिसकेको छ । तालमेल अनुसार अमरगढीको मेयरमा भट्ट र उपमेयरमा एमालेका यज्ञराज अवस्थी उठेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4