+

विकेश कुथु राष्ट्रिय टिमको प्रशिक्षणमा नजाने

२०७९ वैशाख  १६ गते १८:२९ २०७९ वैशाख १६ गते १८:२९
विकेश कुथु राष्ट्रिय टिमको प्रशिक्षणमा नजाने

१६ वैशाख, काठमाडौं । त्रिभुवन आर्मी क्लबका गोलरक्षक विकेश कुथुले राष्ट्रिय टिमको प्रशिक्षणमा जान अस्वीकार गरेका छन् ।

आसन्न एसियन कप छनोटको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शुक्रबार विकेशसहित १७ जना नयाँ खेलाडी थप गरेका थिए ।

आफूलाई टिममा समावेश गरिएपछि कुथुले सामाजिक सन्जालमार्फत आफू खेलाडीको जायज मागप्रति समर्थन जनाउँदै राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी नहुने बताएका हुन् ।

विगतमा सन्चारमाध्यममा बोलेकै कारण आफूलाई टिमबाट निकालिएको स्मरण गर्दै उनले लेखेका छन्, ‘हाल राष्ट्रिय टोलीमा भएको घटनाक्रम मलाई पूर्ण रुपमा अवगत भएको र खेलाडी साथीहरुमा पर्न गएको मर्का मैले बुझेको छु । साथै विगतमा म पूर्ण फिट हुँदाहुँदै पनि मलाई मिडियामा बोलेको भनेर आरोप लगाउँदै राष्ट्रिय टिमबाट अलग गरिएको घटना यथावत नै छ । तसर्थ मेरो राष्ट्र र राष्ट्रिय टिमको सम्मान गर्दै राष्ट्रका लागि सदा डटिरहने खेलाडी साथीहरुको जायज मागप्रति समर्थन जनाउँदै राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँछु ।’

यसैबीच नेपाल ओलम्पियन संघले फुटबल खेलाडीले आधारभूत सुविधाका लागि आवाज उठाउँदा प्रशिक्षक अल्मुताइरीले १० खेलाडीलाई टिमबाट निकालेको घटनाको निन्दा गरेको छ ।

संघका अध्यक्ष दीपक विष्टले वक्तव्य जारी गर्दै व्यवस्थापकीय विषयमा प्रशिक्षकको अनावश्यक हस्तक्षेप स्वीकार गर्न नसकिने बताएका छन् ।

फुटबल विकेश कुथु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय