
१६ वैशाख, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका दुई जना सहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
मेयरका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका बैधनाथप्रसाद साह र नन्दकुमार भगतले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
उनका अनुसार उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका विश्वनाथ साह सुडीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै, स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका १० जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । राप्रपाबाट सदस्य पदमा मनोनयन दर्ता गराएका अकबर कबाडीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4