
१६ वैशाख, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । जनता समाजवादी पार्टी (जसपा) बाट दलित महिला सदस्य बसन्तीदेवी मुसहर निर्वाचित भएकी हुन् ।
वडा नम्बर ३ मा मतदाता नामावली भई वडा नम्बर १ मा मनोनयन दर्ता गराएका पाँच जनाको उम्मेदवारी रद्ध भएपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
‘साविकको सोनवर्षा गाविसलाई टुक्र्याएर हालको वडा नम्बर १ र ३ कायम गरिएको थियो । उनीहरु वडा नम्बर १ मै बसिरहेका छन् । तर निर्वाचन आयोगको नामवालीमा ३ नम्बर वडामा उनीहरुको विवरण थियो । जसले गर्दा आयोगको सप्टवेयरले पाँच जनाको नाम लिएन । उम्मेदवारी रद्ध भयो, त्यसपछि उहाँ निर्विरोध निर्वाचित हुनुभयो’ निर्वाचन अधिकृत भण्डारीले भने ।
शुक्रबार दुई जनाले उम्मेदवारी पनि फिर्ता लिएका छन् । पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएका अनिल साह रौनियार र नेकपा एमालेबाट वडा नम्बर २ मा दलित महिला सदस्यमा उम्मेदवारी दिएकी रामरति देवीले मनोनयन फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय पटेर्वासुगौलीले जानकारी दिएको छ ।
प्रतिक्रिया 4