+
+

दाङमा ७ पालिका प्रमुखसहित २१० जनाको उम्मेदवारी  फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते ९:१२

१७ वैशाख, दाङ । दाङमा सात जना पालिका प्रमुखसहित २१०  जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्रबाट उम्मेदवारी दिएका धर्मराज (जैसी) पाण्डेय र घोराहीको मेयरमा उम्मेदवारी  दिएका श्रीमन न्यौपाने  जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै तुलसीपुरमा उपप्रमुख पदका लागि माओवादी केन्द्रबाट बागी उमेदवारी दिएकी मनकुमारी महत उमेदवारी फिर्ता लिएकी छन् ।

स्वतन्त्रबाट दंगीशरण गाउँपालिकाका अध्यक्षमा उम्मेदवारी दिएका कष्णबहादुर चौधरी, कर्णबहाुर खत्री तथा एकीकृत समाजवादीका जोतिप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन् ।

त्यस्तै एकीकृत समाजवादीबाट राप्ती गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी सीता नेपाली, राजपुर गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका सूर्यबहादुर यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार दाङका जिल्लामा प्रमुख पदमा उमेदवरी दिएका ७ जना, उपप्रमुख पदमा उमेदवारी दिएका ३ जना, वडा अध्यक्ष पदमा उमेदवारी दिएका ४९ जना, खुल्ला वडासदस्य पदमा उमेदवारी दिएका ९१ जना, महिला सदस्य पदमा उमेदवारी दिएका ३५ जना, दलित महिला सदस्य पदमा उमेदवारी दिएका २५ जना गरी २१० जनाले फिर्ता लिएका छन् ।

दाङका दश पालिकामध्ये तुलसीपुरबाट सबैभन्दा धेरैले उमेदवारी फिर्ता लिएका छन् । तुलसीपुरमा उमेदवारी दिएकामध्ये १३० जनाले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका सहायक निर्वाचन अधिकृत ढकबहादुर रावतले  जानकारी दिए ।

वडा अध्यक्ष, महिला सदस्य, महिला दलित सदस्य,  खुल्ला सदस्य लगायतमा उमेदवारी दिएका अन्य १२८ जनाले पनि नाम फिर्ता लिएका छन् ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार घोराहीमा  १८ जनाले उमेदवारी फिर्ता लिएका छन् ।

यस्तै लमहीमा ९ जनाले उमेदवारी फिर्ता लिएका छन् । राप्ती गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार सीता नेपाली सहित ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै गढवामा ८, दंगिशरणमा १३, बंगलाचुीमा १, बबइमा १४, राजपुर र शान्तिनगरमा ५ जनाले उमेदवारी फिर्ता लिएको प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।

दाङमा पार्टी र स्वतन्त्र गरी २४ सय १२ जनाले विभिन्न पदमा मनोनयन दर्ता गराएका थिए । विभिन्न पदमा उमेदवारी दिएका २ हजार २०२ जनाको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।  यस पटकको निर्वाचनमा दाङमा ४ लाख ४ हजार ९ सय जना मतदाता रहेका छन् ।

१५३ मतदान स्थल र ४६१ मतदान केन्द्र तोकिएको छ । निर्वाचन सफल पार्न तीन हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । स्वतन्त्ररुपमा उमेदवारी दिएका र साना दलका उमेदवारलाई आजमात्रै चुनाव चिह्न प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?