+
+

बुद्धभूमि नगरपालिकामा वडाध्यक्षका उम्मेदवारको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १८:२१

१७ वैशाख, काठमाडौं । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएको छ । मुटुमा समस्या देखिए पछि भारतको लखनऊ मा उपचारका लागी लगिएका नेकपा एमाले पार्टीका वडा अध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएको हो ।

४१ बर्षीय तिवारीका एक श्रीमती, तीन छोरी र एक छोरा छन । सो वडामा उनीसहित नेपाली काँग्रेस, लोसपा, राप्रपा, नेकपा माओबादी केन्द्र र नेपाली कांग्रेस बिपीका गरी ६ उम्मेदवार प्रतिस्पर्धामा थिए ।

तिवारीको मृत्यु भएकोबारे बुद्धभुमि नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले पत्राचार गरी जानकारी दिएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सुचना अधिकारी अनिता क्षेत्रिले जानकारी दिइन् ।

एमाले उम्मेदवारको मृत्युका कारण पालिका निर्वाचन प्रक्रिया स्थगित भई सम्बन्धित वडाको लागि पुनः मनोनयन देखिको कार्यक्रम सुरु भई तोकिएको मितिमै निर्वाचन हुने जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?