
१७ वैशाख, धनगढी । सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनाव चिह्न ‘आँप’ पाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले शनिबार हमाललाई ‘आँप’ चुनाव चिह्न प्रदान गरेको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिएका हमाल नेपाली कांग्रेसका नृपबहादुर वडसँग पराजित भएका थिए ।
वडले १४ हजार ३२४ मत ल्याएर विजयी हुँदा हमाल ११ हजार ५२७ मत ल्याएर दोस्रो भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4