+

जिम्बाब्बे विरुद्धको टी-२० श्रृङ्खलाका लागि नेपाली टिम घोषणा

२०७९ वैशाख  १७ गते १८:३० २०७९ वैशाख १७ गते १८:३०
जिम्बाब्बे विरुद्धको टी-२० श्रृङ्खलाका लागि नेपाली टिम घोषणा

१७ वैशाख, काठमाडौं । जिम्बाब्बे ए टिमविरुद्ध आइतबार सुरु हुने टी-२० श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाल र जिम्बावे ए बीच तीन खेलको श्रृङ्खला अन्तर्गत पहिलो खेल आइतबार हुनेछ ।

नेपाली टोलीमा कप्तान लामिछानेसँगै आसिफ शेख, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ सेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, सहाब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमद, लोकेश बम र भीम सार्की रहेका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल भने टिममा छैनन् ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय