+

जुडोमा एकै परिवारका तीन खेलाडी छनोट

२०७९ वैशाख  १७ गते २०:३६ २०७९ वैशाख १७ गते २०:३६
जुडोमा एकै परिवारका तीन खेलाडी छनोट

१७ वैशाख, काठमाडौं । एसियाली खेलकुदका लागि जुडोमा १४ पुरष र १४ महिला गरी २८ खेलाडी प्रारम्भिक चरणलाई छनोट भएका छन् ।

प्रत्येक तौल समूहबाट २–२ गरी १४ स्पर्धामा २८ खेलाडी छनोट भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । पहिलो र दोश्रो भएका खेलाडीलाई प्रारम्भिक छनोट गरिएको हो ।

पुरुष ६० केजीमुनि नेपाल प्रहरीका उमेश मगर र बन्दी सहायता नियोग (पाम)का सुबोध मण्डल, ६६ केजीमुनि प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र पामका उत्तम प्रधान श्रेष्ठ, ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल र सुदेश दोङ, ८१ केजीमुनि नेपाल आर्मी जंगबहादुर सारु र कैलालीका योगेन्द्र विष्ट, ९० केजीमुनि प्रहरीका मनीष महतो र आर्मी सुजन गुरुङ, १०० केजीमुनि रमेशबहादुर चन्द र पर्साका हिमान्शु गुप्ता तथा १०० केजीमाथि प्रहरीका राजन जोशी र रन्जेश गोले छनोट भए ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताको महिला ४८ केजीमुनि आर्मी र पामकी निशा श्रेष्ठ, ५२ केजीमुनि पामकी देवकीमाया श्रेष्ठ र एपीएफकी रत्ना तामाङ, ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधान र आर्मीकी विमला आले मगर, ६३ केजीमुनि आर्मीकी लीला अधिकारी र एपीएफकी देवीका खड्का छनोट भएका छन् ।

त्यस्तै ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ र प्रहरीकी निशा चौधरी, ७८ केजीमुनि प्रहरीकी दीपा गुरुङ र आर्मीकी रचना श्रेष्ठ तथा ७८ केजीमाथि आर्मीकी आकृति जोशी र मकवानपुरका अस्मिता गोले छानिए । इन्द्र, देवकी र निशा सहोदार दाइ बहिनी हुन् । जुडो संघले आयोजना गरेको एकदिने छनोटमा ३२ पुरुष र २५ महिला खेलाडी सहभागी थिए ।

जुडो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय