+

म्यानचेष्टर सिटी शीर्ष स्थानमै फर्कियो

२०७९ वैशाख  १८ गते ७:२८ २०७९ वैशाख १८ गते ७:२८
म्यानचेष्टर सिटी शीर्ष स्थानमै फर्कियो

१८ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार राति लिड्स युनाइटेडलाई ४-० ले पराजित गरेको छ । यस जितले सिटी पाँच घण्टापछि नै अंक तालिकामा शीर्ष स्थानमा फर्केको छ ।

शनिबारकै खेलमा न्युकासललाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लेको थियो । तर लिड्समाथि सहज जितपछि सिटीले शीर्ष स्थानमा फेरि लिभरपुलमाथि एक अंकको अग्रता बनाएको छ । दुवै टिमको जितले उपाधि होड समेत रोमाञ्चक बनेको छ ।

३४ खेलपछि सिटीको ८३ अंक छ । लिभरपुल ८२ अंकसहित दोस्रो स्थानमा छ ।

लिड्सको मैदान एलान रोडमा भएको खेलमा सिटीका लागि रोड्रीले १३औं, नाथन एकेले ५४औं, गाब्रीएल जेससले ७८औं र फर्नान्डिन्होले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरे ।

प्रिमियर लिग म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय