
१८ वैशाख, काठमाडौं । काठमाडौंको मित्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जना चालक गम्भिर घाइते भएका छन् ।
बा ७५ प ६७७२ नम्बरको मोटरसाइकल आज बिहान साढे ३ बजे दुर्घटना हुँदा कैलाली घर भई हाल कीर्तिपुर बस्ने ३० वर्षीय जयप्रकाश सापकोटा घाइते भएका हुन् । उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
सडक छेउमा रहेको सडक निर्माणमा प्रयोग हुने मेसिनमा ठोक्किएर सापकोटाले चलाएको मोटरसाइकल पल्टिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4