
१८ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संवाद र सहकार्यका माध्यमबाट श्रम सम्बन्ध कायम राख्नु पर्ने बताएका छन् । १३३औं विश्व श्रमिक दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।
कोरोना महामारीको संक्रमणपछि उद्योग व्यवसाय संचालन, काम गर्ने वातावरण, श्रम सम्बन्ध र श्रम बजारमा पनि ठूलो प्रभाव परेको उनले सन्देशमा उल्लेख गरेका छन् । कामको पुनःर्संरचना, सीप विकास आधुनिक प्रविधिको वढदो प्रयोगसंगै श्रम सम्बन्धको व्यवस्थापन गर्नुपर्ने चूनौती थपिएको उनको भनाइ छ ।
कोरोना खोप लगाउन सुरू भए पछि कोरोना संक्रमणको दरमा निकै कमी आएको सन्दृभभमा अर्थतन्त्रले गति लिन लागेको अवस्थामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका घटना क्रमले मुलुकको अर्थतन्त्र कठीन मोडमा पुगेको महासंघले जनाएको छ ।
यसबाट आर्थिक गतिविधि र रोजगारीमा पर्न सक्ने प्रभाव र समस्यातर्फ महासंघकोे ध्यानाकृष्ट भएको उनले बताएका छन् ।
उनले भनेका छन्, ‘हामी रोजगारदाता र ट्रेड यूनियन बीचको संवाद र सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार र श्रम सम्बन्धी समस्याको समाधान हुनु पर्दछ भन्ने मान्यताका साथ काम गर्दै आएका छौं,’ उनले भनेका छन् । असल औद्योगिक सम्बन्धको विकास गर्दै विद्यमान र आउने परिस्थितिको सामना गर्न थप समझदारी र सहयोगका साथ काम गर्न मे दिवसले सवैलाई उत्प्रेरित गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4