
१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय चुनावमा तालमेल सफल भएको दाबी गरेका छन् ।
अपवाद बाहेकका ठाउँमा पार्टीको निर्णयलाई स्वीकार गरेर कांग्रेस नेता कार्यकर्ताले स्वीकार गरेको उनले बताए ।
निर्वाचन प्रचार प्रसार समितिले आइतबार गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘धेरैलाई लागेको थियो यो तालमेल सफल हुन सक्दैन, ठूलो विद्रोह हुन्छ । तर त्यस्तो अवस्था आएन ।’
कतिपय पालिकामा आफ्नो मतदाता धेरै भएकाले अरुलाई किन प्रमुख दिएको भन्ने भावना पनि रहेको बताए ।
समग्रमा ठीक भएको भन्दै उनले भने, ‘एकाध स्थानीय तहमा, जहाँ अझै विद्रोही उम्मेदवार हुनुहुन्छ । ती साथीहरुले पनि पार्टी र गठबन्धनले तय गरेको उम्मेदवारको पक्षमा आउनु हुनेछ भन्ने विश्वास छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4