
१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका दिपकबाबु कँडेलले पालुङटार नगरपालिकाको मेयरमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले आइतबार वक्तव्य जारी गर्दै गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस पार्टीलाई पालुङटार नगरपालिकाको प्रमुख पदमा मलाई उम्मेदवार बनाएको भएतापनि पछिल्लो समय नेपाली कांग्रेस केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी सम्पूर्ण नगरबासी दाजुभाइ दिदीबहिनीहरु समक्ष पार्टीको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्दछु ।’
उनी निवर्तमान मेयर हुन् । चुनावी तालमेलको प्रयास असफल भएपछि कांग्रेसले सबै पदमा उम्मेदवारी दिएको थियो । मेयरमा कँडेलले उम्मेदवारी दिएका थिए ।
तर जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको जोडबलमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कँडेलको उम्मेदवारी फिर्ताको पत्र समेत पठमएका थिए । तर उम्मेदवारी फिर्ताको समय सकिसकेको भन्दै निर्वाचन कार्यालयले स्वीकार गरेन ।
अब उपमेयरमा कांग्रेसकी चेतकुमारी श्रेष्ठलाई समर्थन गर्ने छ । जसपाले उपमेयरको उम्मेदवारी फिर्ता लिइसकको छ ।
हेर्नुस् विज्ञप्ति
प्रतिक्रिया 4