
१८ वैशाख, परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार एउटै चुनाव चिन्ह लिएर प्रचारमा लागेका छन् ।
अध्यक्ष उम्मेदवार राधेश्याम चौधरी र उपाध्यक्ष पदका उमेदवार प्रदीपकुमार अग्रहरीले स्वतन्त्रबाट खानेपानीको ‘धारा’ चुनाव चिन्ह लिएका हुन् ।
चुनाव प्रचारप्रसारमा रहेका उनीहरुले मतदातारुलाई भोट दिन सहज हुने भन्दै एउटै चिन्ह लिएको बताए ।
नेपाली कांग्रेसबाट टिकट नपाएपछि दुवैले बागी उमेदवारी दिएका हुन् । निर्वाचित गाउँपालिका अध्यक्ष चौधरी कांग्रेसका जिल्ला सदस्यसमेत हुन् । उपाध्यक्षका उमेदवार अग्रहरी पनि कांग्रेस क्षेत्रीय प्रतिनिधि हुन् ।
चुनाव जितेपछि गाउँपालिकाका सबै घरमा स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिवद्धता जनाएर चिन्ह रोजेको उनीहरुको भनाइ छ ।
चौधरी र अग्रहरी दुवै जना अध्यक्षका आकांक्षी थिए । पार्टीले टिकट नदिएपछि उनीहरु सल्लाह गरेर पद बाँडफाँड गरेर बागी उठेको हुन् । कांग्रेसले सरावलमा पार्टी जिल्ला उपसभापति अनिलकुमार गौंडलाई अध्यक्षमा उठाएको छ ।
उपाध्यक्षमा उत्तमा रायलाई उठाइएको छ । फेरि उपाध्यक्षमा दोहोरिएकी राय पार्टी जिल्ला कोषाध्यक्षसमेत हुन् ।
प्रतिक्रिया 4