+
+

कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा १७ जना सदस्य थप

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १८:२९

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा सदस्यहरु थप गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै उपसमितिमा १७ जना सदस्यहरु थप भएको जानकारी दिएका हुन् ।

उनका अनुसार उपसमितिको सदस्य सचिवमा डेनमार्कका पूर्वसभापति एवं पार्टीका महासमिति सदस्य विरेन्द्र सिंह कार्की नियुक्त भएका छन् ।

कांग्रेसले केन्द्रीय सदस्य उदय शम्शेर राणाको संयोजकत्वमा विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति गठन गरेको थियो ।

हेर्नुहोस् थप भएका सदस्यहरुको विवरण:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?