+
+

कांग्रेससँग देश बनाउने नीति नै छैन, एमालेलाई धारे हात लगाउने मात्र हो : ओली

राजन दाहाल राजन दाहाल
२०७९ वैशाख १८ गते १९:०९

१८ वैशाख, हेटौंडा । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने बताएका छन् ।

हेटौंडामा पार्टीले आइतबार मे दिवसको सन्दर्भ पारेर आयोजना गरेको  सभालाई सम्बोधन गदै अध्यक्ष ओलीले परामेदशबाट बनेको गठबन्धन सरकारलाई एमालेले जनमतबाटै पाखा लगाएर तीनै तहमा सरकार निर्माण गर्ने दाबी गरे ।

उनले एमालेमा देखिएको जनउत्साहका कारण सत्तागठबन्धन आतंकित बनेको टिप्पणी समेत गरे । कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेर जारी गरेको घोषणा पत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखिएको तर कांग्रेस सभापतिको नाम ८ ठाउँमा मात्र लेखिकाएले सत्ता गठबन्धन एमालेसँग डराएको र एमाले कार्यकर्ताले ३० वैशाखमा सत्ता गठबन्धनलाई पछारेर मात्र निदाउने जिकिर गरे ।

ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने, ‘कांग्रेससँग देश बनाउने नीति नै छैन । एमालेलाई धारे हात लगाउने मात्र हो ।’

अहिले देशमा जे जति दल दर्ता भएपनि एमाले र गठबन्धनबीचको मात्र लडाइँ भएको भन्दै उनले यो लडाइँ नेपाल जोगिने कि नजोगिने भन्ने पनि रहेको बताए ।

‘अब देशमा कहिल्यै नाकाबन्दी हुँदैन । हामी सरकारमा भएको बेला चीनतर्फको बाटो खोलिसकेका छौं । जसका कारण अब हामी चौतर्फी घेराबन्दीबाट मुक्त भएका छौं’ उनले भने ।

अध्यक्ष ओलीले वर्तमान सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको आरोप पनि लगाए । अध्यक्ष ओलीले स्वास्थ्य सामग्री कुनै अस्पताललाई चाहिएर नभई कमिसनका लागि खरिद गर्न लागेको बताए । ओलीले वर्तमान सरकार देश विकास गर्न नभई  देशलाई कंगाल पार्न बनेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?