
१८ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा मनोनयन दर्ता गरेका नेपाली कांग्रेसका ६२३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मका गरी ६२३ जनाले उम्मेदवारी फिर्ता लिएका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जनाएका छन् । अब कांग्रेसका ३० हजार ६२८ उम्मेदवार कायम रहेका छन् ।
जसमध्ये नगरपालिका प्रमुखमा २६२, गाउँपालिका अध्यक्षमा ३७२ उम्मेदवार कायम छन् । नगरपालिका प्रमुखमा ३ र गाउँपालिका अध्यक्षमा १० जनाले उम्मेदवारी फिर्ता लिएका प्रवक्ता डा. महतले बताए ।
त्यस्तै नगरपालिका उपप्रमुखमा कांग्रेसका १९४ जना र गाउँपालिका उपाध्यक्षमा ३४० उम्मेदवार रहेका छन् ।
त्यस्तै ६ हजार ७४३ वडामध्ये कांग्रेसले ६ हजार ४३ वडाअध्यक्षमा मात्र उम्मेदवारी दिएको छ । प्रवक्ता महतले यो प्रारम्भिक विवरण मात्र भएको बताएका छन् ।
प्रतिक्रिया 4