
१८ वैशाख, जनकपुरधाम। महोत्तरी प्रहरीले श्रोत नखुलेको ४ लाख नेपाली रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-१२ थरुवाही बस्ने १९ वर्षीय सुजित मण्डल छन् ।
भारतबाट व्याग बोकेर पैदल नेपालतर्फ आउँदै गरेका मण्डललाई जलेश्वर नगरपालिका ३ स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।
उनका अनुसार मण्डलले बोकेको व्यागबाट ४ सय थान रु एक हजारको नोट बरामद भएको छ ।
उनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि जलेश्वर भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4