
१८ वैशाख, काठमाडौं । रातो मच्छिन्द्रनाथको मूर्तिको आइतबार रथारोहण गरिएको छ । ललितपुरमा मनाइने रातो मच्छिन्द्रनाथको जात्राअघि आइतबार मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखिएको हो ।
वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा चढाउने प्रचलन छ ।
मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा सुरु भएको मानिन्छ । नेपालकै लामो जात्रा मानिने मच्छिन्द्रनाथको जात्रा कोरोना भाइरसको महामारीका कारण अघिल्ला दुई वर्ष सांकेतिक रुपमा मात्र गरिएको थियो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4