+
+

माओवादी केन्द्रका नेता पुन र शर्माबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते २०:२१

१८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु वर्षमान पुन र जनार्दन शर्माबीच आइतबार भेटघाट भएको छ ।

सिंहदरबार नजिकै रहेको बसेरा होटेलमा पुन र शर्माले एउटै टेबलमा खाना खाँदै कुराकानी गरेका हुन् ।

बजेट निर्माणबारे पूर्व अर्थमन्त्रीहरुसँग छलफलका क्रममा नेता पुन र शर्माबीच कुराकानी भएको हो । आइतबार साँझ उनीहरुबीच छलफल भएको पुनका स्वकीय सचिव सन्तोष पुनले पुष्टि गरे ।

पुन र शर्मा माओवादी केन्द्रमा महासचिवका दाबेदार हुन् । उनीहरुबीच पार्टीभित्र हार्दिक सम्बन्ध नरहेको बताइन्छ । लामो समयसम्म चीनमा स्वास्थ्य उपचार गराएर फर्केपछि गत १२ माघमा पुनलाई भेट्न शर्माले उनको निवासमै पुगेका थिए । त्यसपछि भने उनीहरुबीच भेटवार्ता भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?