
१९ वैशाख, काठमाडौं । काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा६१प ८९८८ नम्बरको स्कुटर आइतबार राति पौने १२ बजे दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा वीर अस्पतालमा आज बिहानपख पौने २ बजे मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
नयाँबानेश्वरबाट माइतीघरतर्फ गइरहेको बेला स्कुटर अनियन्त्रित भई सडक किनारमा पल्टिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4