१९ वैशाख, काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति मालोर्कालाई २-१ ले पराजित गरेको छ । यस जितसँगै बार्सिलोनाले घरेलु मैदानमा लगातार तीन हारेको शृङ्खला अन्त्य गरेको छ ।
यो जितसँगै बार्सिलोना ला लिगाको अंकतालिकामा पनि दोस्रो स्थानमा उक्लेको छ । यस सिजन रियल मड्रिडले चार खेल नै उपाधि पक्का गरिसकेको छ ।
घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जिताउन मेम्फिस डीपाएले २५औं र सर्जियो बुस्केट्सले ५४औं गोल गरे । मालोर्काका एन्टोनियो जोसेले ७९औं मिनेटमा एक गोल फर्काए ।
बार्सिलोनाका रोनाल्ड बराउको र फेरान टोरेसले खेलमा गोल गरेपछि अफसाइडका कारण भिएआरले मान्यता दिएन ।
जितपछि ३४ खेलबाट ६६ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लेको छ ।
प्रतिक्रिया 4