
१९ वैशाख, काठमाडौं । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ राखिएका कारण जावलाखेलबाट पुल्चोक आउ-जाउ गर्ने सबै प्रकारका सवारी साधनहरुलाई डाइभर्सन गरिएको छ ।
सवारी साधनहरुलाई झम्सीखेल हुँदै सुजुकी मोड तथा कानदेवता स्थान आउ-जाउ गर्ने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाका अन्य स्थान तथा नाकाहरूको सवारी आवागमन भने सामान्य रहेको महाशाखाले जनाएको छ ।
आइतबार रातो मच्छिन्द्रनाथको मूर्तिको रथारोहण गरिएको थियो । रथारोहणसँगै अहिले दर्शनार्थीको भीड लागेको छ ।
मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा सुरु भएको मानिन्छ । रातो मच्छिन्द्रनाथको रथ २१ गते पुल्चोकबाट गाबहाल तान्ने कार्यक्रम छ ।
नेपालकै लामो जात्रा मानिने मच्छिन्द्रनाथको जात्रा कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष सांकेतिक रुपमा मात्र गरिएको थियो ।
प्रतिक्रिया 4