
१९ वैशाख, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले निजी क्षेत्रका सुझावहरु बजेटमा विशेष रुपमा समेटिने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले धेरै राम्रो लिखित सुझाव दिएको भन्दै सकारात्मक सुझावहरु बजेटमा समावेश हुने बताए ।
अर्थतन्त्र अहिले स्थिर रहेको समेत उनले बताए । कोरोना महामारी र रुस-युक्रेन युद्धका कारण बाह्य क्षेत्रमा दबाव परे पनि समस्याबाट अहिले अर्थतन्त्र केही उठेको उनको भनाइ छ ।
निजी क्षेत्रलाई आर्थिक वृद्धिमा सँगसँगै लिएर सरकार अघि बढ्ने उनले बताए । धेरै कुरामा सरकार होइन निजी क्षेत्रले नेतृत्व उनले बताए ।
उनले काठमाडौंको सडकमा निजी क्षेत्रले फ्लाइओभर बनाए राम्रो हुने धारणा राखे । ‘धरहरा पनि निजी क्षेत्रले बनाएको भए हुनेमा आफ्नो भवन बनाउन पनि महासंघ सरकारसँग माग गर्छ,’ अर्थ सचिव मरासिनीले भने, ‘यो त भएन, हामी चाहान्छौं, काठमाडौंमा निजी क्षेत्रले फ्लाई ओभर बनाओस् न ।’
प्रतिक्रिया 4