
फेसबुकका सीईओ मार्क जुकरबर्गले जब मेटाभर्सको घोषणासँगै फेसबुक कम्पनीको नामसमेत परिवर्तन गरी मेटा राखे सुरुमा त मेटाभर्स भनेको कुन दुनियाँ हो कसैलाई थाहा थिएन । तर अहिले चाहिं मेटाभर्समा बिहे भैरहेका छन्, मानिसहरु जग्गाजमिन खरिद बिक्री गरिरहेका छन् र म्युजिक कन्सर्ट पनि हुन थालेका छन् ।
भर्चुअल रियालिटीको संसार अर्थात् मेटाभर्स यत्तिमा मात्र सीमित हुने चिज होइन । यसबारेमा एक नयाँ अपडेट आएको छ । अब मेटाभर्समा एक नयाँ प्रविधिको सहयोगमा मानिसहरूले आफ्नो पार्टनरलाई चुम्बन गर्न तथा पार्टनरलाई महसुस गर्न सक्नेछन् ।
रिपोर्टअनुसार पार्टनरसँग टाढा हुँदासमेत मेटाभर्समा मानिसहरूले पार्टनरको ओठ महसुस गर्न सक्नेछन् र ओठमा चुम्बन गर्न सक्नेछन् ।
अल्ट्रासोनिक ट्रान्सड्युसरको माध्यमबाट भर्चुअल रियालिटी हेटसेटमा यो मेटाभर्समा यस्तो कार्य सम्भव भएको हो । नयाँ प्रविधिको माध्यमबाट भर्चुअल रियालिटी हेटसेटमा एक कम्पन हुनेछ जसबाट मानिसहरूलाई आफ्नो पार्टनरको नजिक भएको अनुभुति हुनेछ ।
यो नयाँ प्रविधिको सहयोगमा मानिसहरूले मेटाभर्समा झरनाको पानी पिउन तथा चियाको चुस्की लिन समेत सक्नेछन् । साथै मेटाभर्समा भर्चुअल रुपमा चुरोट पिउन पनि सकिने बताइएको छ ।
अमेरिकाको पेन्सिल्भेनियास्थित कार्नेगी विश्वविद्यालयका शोधकर्ताहरुले नयाँ प्रविधिसँगै नयाँ हेडसेट तयार गरेका हुन् ।
उक्त हेडसेटमा विशेष रुपमा ह्याप्टिक अर्थात् कम्पन टच दिइएको छ । यो हेप्टिक टचले ओठ, दाँत तथा जिब्रोमा सबैभन्दा राम्रो काम गर्दछ ।
एजेन्सी
प्रतिक्रिया 4