
सांकेतिक तस्वीर
१९ वैशाख, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका -१३ फुलबारीमा इनार खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार माटो खन्ने क्रममा आइतबार विहान ११ बजेतिर बेपत्ता भएका तुलसीपुर उपमहानगरपालिका–१७ निवासी हरि चौधरी अझै फेला परेका छैनन् ।
२४ घण्टादेखि डोजरले माटो फालेर चौधरीको खोजी भइरहेको प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।
४० फिट गहिरो रहेको र वरपरबाट माटो खसिरहेकाले पनि निकाल्न समस्या भएको प्रहरीले बताएको छ ।
स्थानीय डिल्लीबहादुर रोकाको घरमा इनार खन्ने क्रममा उनी बेपत्ता भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4