
फाइल तस्वीर
१९ वैशाख, काठमाडौं । सन् २०२२ को चौथो महिना (अप्रिल)मा अघिल्लो महिना (मार्च)को तुलनामा पर्यटक आगमन घटेको छ ।
मार्चमा कोरोना भाइरसको महामारी सुरु भएयता कै सर्वाधिक (४२ हजार ६ जना) संख्यामा पर्यटक आएका थिए । तर, अप्रिलमा भने पर्यटक आगमन मात्र ३५ हजार ८७१ जना रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । सन् २०२१ मा कोरोना भाइरसको महामारीको प्रभाव उच्च थियो । सो वर्षको चौथो महिनामा आगमन मात्र १ हजार ४६८ जना रहेको थियो ।
सन् २०२० मा नेपालमा लकडाउन रहेको थियो । कोरोनाको प्रभाव नरहेको वर्ष सन् २०१९ मा भने पर्यटक आगमन अप्रिलमा मात्र १ लाख ९ हजार ३९९ जना रहेको थियो ।
यस महिनामा नेपालबाट ५२ हजार ६६३ जना पर्यटक बाहिरिएका छन् । अघिल्लो महिना पर्वतारोहणमा आउने पर्यटकका कारण संख्या ह्वात्तै बढेको थियो ।
सन् २०२२ मा कुन महिनामा कति पर्यटक आए ?
- जनवरी : १६,९७५
- फेब्रुअरी : १९,७६६
- मार्च : ४२,००६
- अप्रिल : ३५,८७१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4