
१९ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको २७औं बैठकको निर्णयले जोशीलाई महानिर्देशक नियुक्त गरेको हो ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । अध्यक्ष अग्रवालले नेपाली उद्योगहरूको प्रतिनिधिमुलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको बताए । नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने उनको विश्वास छ ।
नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई भविष्यमा थप प्रभावकारी बनाउने बताए । उनले परिसंघमा आवद्ध सम्पूर्ण सदस्यमा पर्ने समस्या समाधानमा सहजीकरण गर्नेतर्फ ध्यान दिने उल्लेख गरे ।
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशी विगत २२ वर्षदेखि विभिन्न जिम्मेवारीमा सक्रिय छन् । उनले प्यासिफिक एसिया ट्राभल एसोसिएसनमा डेस्टिनेसन कमिटीको अध्यक्षको रूपमा काम गरिसकेका छन् ।
अन्तर्राष्ट्रिय रूपमा ’च्यान्पिएन्स इन च्यालेन्ज’ र ’पर्यटन हिरो’ जस्ता सम्मानबाट सम्मानित भएका जोशीबाट परिसंघका उद्देश्यअनुरूपका कार्य सम्पादन हुने विश्वास परिसंघले लिएको छ ।
प्रतिक्रिया 4