
१९ वैशाख, काठमाडौं । कोरोना महामारीको समयमा राष्ट्रियस्तरका सञ्चारमाध्यममा प्रकाशित समाचारको विश्लेषण गर्दा विश्वसनीय स्रोतको रुपमा अनलाइनखबर डटकम रहेको अध्ययनले देखाएको छ ।
युएस डिपार्टमेन्ट अफ स्टेटको सहयोगमा मिडिया एक्सन नेपालले कोरोना महामारीको समयमा प्रकाशित भएका समाचारलाई अध्ययन गर्दा विश्वसनीय खबर दिनेमा अनलाइखबर डट कम पहिलो रहेको पाइएको छ ।
११ चैत २०७६ देखि ७ असार २०७७ सम्म राष्ट्रियस्तरका १० अखबार र १० अनलाइन समाचार पोर्टलहरुमा प्रकाशित भएका समाचार–सामग्री अध्ययनमा समावेश भएका थिए । ती सञ्चार माध्यमका ४९ हजार ५१ वटा समाचार सामग्री अध्ययन गर्दा एक हजार ८१७ वटा समाचार गलत र भ्रामक प्रकाशित भएको अध्ययनले देखाएको छ । जसमध्ये अनलाइखबर डट कममा एउटा गलत सूचना प्रकाशित भएको अध्ययनले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4