
१९ वैशाख, विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ । सोमबार दिउँसो सीमा क्षेत्रमा सुरक्षा बलका जवानले गोली चलाएका हुन् । प्रहरी स्रोतका अनुसार अनुसार तीन राउण्ड फायर भएको थियो ।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ इस्लामपुर नजिक एसएसबीका जवानले हवाई फायर गरेको स्थानीयले बताए ।
दसगजा नजिक होहल्ला गरिरहेका बेला स्थानीयले घेरेपछि उनले तीन राउन्ड हवाई फायर गरेको स्थानीयको दाबी छ । ‘दुई राउन्ड आकाश र एक राउन्ड जमिनतिर फायर गरे,’ एक स्थानीयले भने,‘गोली चलाउने व्यक्ति नसामा भएको जस्तो देखिन्थ्यो ।’ गोली पड्काएपछि स्थानीयबीच भागदौड मच्चिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले भारतीय भूमीमा भएको घटनाका बारेमा जानकारी नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4