+
+

बागीले उम्मेदवारी निष्क्रिय बनाए कांग्रेसले कारबाही नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १८:५२

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेले उम्मेदवारी निष्क्रिय बनाए कारबाही नगर्ने बताएको छ ।

बागी उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक रहेकाले उम्मेदवारी निष्क्रिय गरी आधिकारिक उम्मेदवारको प्रचारमा लाग्न कांग्रेसले निर्देशन दिएको छ । वैशाख २१ गतिभत्र उम्मेदवारी निष्क्रिय गराए कारबाही नहुने पनि कांग्रेसले जनाएको छ ।

सोमबार पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७९ वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिवद्धता सहित, सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारवाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई पुनर्विचार गर्न सक्ने समेत सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?