
१९ वैशाख, काठमाडौं । निर्माणाधीन तराई–मधेश द्रुतमार्ग (फास्ट ट्याक) मा लोडर दुर्घटना हुँदा तीनजना चिनियाँ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय खुलिसकेको छैन ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार सोमबार साँझ ५ बजे मकवानपुरको बकैया गाउँपालिका–११, भेटेपाखास्थित द्रुतमार्ग निर्माणस्थलमा लोडर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
सिलवालका अनुसार लोडर ब्याक गर्ने क्रममा करिब ५० मिटर तल खसेको थियो । त्यसक्रममा ५ जना चिनियाँ कामदार र एक जना नेपाली घाइते भएका थिए ।
‘उनीहरुमध्ये तीन जना चिनियाँ नागरिकको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो’ सिलवालले अनलाइनखबरसँग भने, ‘अन्यको उपचार जारी छ ।’
उनीहरु लेनडाँडामा बन्दै गरेको सुरुङमार्ग अन्तर्गत काम गरिरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4