
केशवकुमार विष्ट र हेमकर्ण पौडेल ।
१९ वैशाख, इटहरी । इटहरी उपमहानगरपालिकामा जनता समाजवादी पार्टीले सत्तारुढ गठबन्धनमा आवद्ध हुने निर्णय गरेको छ ।
नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रसहितको गठबन्धनमा जसपा पनि सामेल हुने भएको हो ।
जसपाले मेयर र उपमेयरमा दिएको उम्मेदवारी फिर्ता लिँदै गठबन्धनका उम्मेदवारलाई सघाउने र वडा तहमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।
इटहरीमा गठबन्धनबाट मेयरका कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्ट उम्मेदवार छन् ।
जसपाबाट मेयरमा डिल्लीप्रसाद सुब्बा र उपमेयरमा योसा गुरागाईँले उम्मेदवारी दिएका थिए । जसपाले दुवै जनाको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ ।
तर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेका कारण उनीहरुको नाम उम्मेदवारको सूचीबाट भने हट्ने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4