+

यू-१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छानिए

२०७९ वैशाख  १९ गते २०:४९ २०७९ वैशाख १९ गते २०:४९
यू-१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छानिए

१९ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यू१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरेको छ ।

आगामी जुनमा मलेसियामा यू-१९ महिला विश्वकपको लागि एसियाली क्षेत्रको छनोट आयोजना हुँदैछ । त्यसका लागि क्यानले प्रारम्भिक चरणमा प्रशिक्षणमा बोलाइएका ४४ खेलाडीबाट सोमबार १८ खेलाडी छानेको हो ।

छनोट भएका खेलाडीहरुमा करिन कुँवर, सोनु राजवंशी, टीका शाह, सृष्टी धामी, सावित्री धामी, एलिसा यादव, रन्जु श्रेष्ठ, अन्जली विक, हिरामायी रोए, एलिसा खडिया, कृतिका मरासिनी, स्नेहा महरा, निशा शाह, मिनिसा राना मगर, प्रतिमा शाह, ज्योत्सिका मरासिनी र मनिसा चौधरी छन् ।

छनोटमा नेपालहसति मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतारले प्रतिस्पर्धा गर्नेछन् ।

आईसीसीले पहिलो पटक आयोजना गर्न लागेको यू-१९ महिला विश्वकप सन् २०२३ जनवरीमा दक्षिण अफ्रिकामा हुनेछ ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय