
काठमाडौं । ‘ए मेरो हजुर ४’ हलमा प्रदर्शन भइरहँदा निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापा भने नयाँ फिल्म ‘भागवत गीता’को निर्माणमा लागेका छन् ।
मंगलबारदेखि जनकपुरको जानकी मन्दिर परिसरमा फिल्मको टिजर छायांकन सुरु गरिएको छ । छायांकन सेटबाट ताजा तस्वीर सार्वजनिक भएका छन्, जहाँ सुहानालाई नयाँ फिल्मको ‘लुक्स’मा देख्न सकिन्छ ।
जानकी मन्दिर परिसरमा पूजाआजा गरेको दृश्य कैद गरिएको छ । फिल्मको नायकबिनै टिजर छायांकन गरिएको हो । स्रोतका अनुसार फिल्मको नायक फाइनल भइसकेको बताइए पनि केही खुलाइएको छैन ।
फिल्मको छायांकन साउन २० गतेदेखि सुरु हुने र टिजर रिलिजसँगै प्रदर्शन मिति घोषणा गरिने निर्माता थापाले जानकारी दिए । प्रेमकथामा आधारित फिल्मलाई झरनाले नै निर्देशन गर्ने भएकी छन् ।
तस्वीर : श्रवण देव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4