+
+

७६ हजार मतपत्र जुम्ला आइपुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १५:०१

२० वैशाख, जुम्ला । स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ७६ हजार थान मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार जुम्लाका मतदान स्थलका लागि उक्त संख्यामा मतपत्र आइपुगेको हो ।

मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार १५२ प्याकमा ७६ हजार मत पत्र जुम्ला आइपुगेको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस जवाहरप्रसाद सिंहका अनुसार जुम्लालाई आवश्यक ६६ हजार मत पत्र भए पनि १० हजार मतपत्र बढी आएको जानकारी दिए ।

नेपाली सेनाको नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले जुम्लाका लागि कालिकोटबाट स्टकटिङ गरेर मतपत्र ल्याएर मुख्य निर्वाचन कार्यालय जुम्लामा बुझाइएको छ ।

जुम्लाको जम्मा मतदाता संख्या ६७ हजार ७४४ रहेको छ । पुरुष ३५ हजार २७३ जना र महिला ३२ हजार ४७१ जनाको मतदाता नामावली रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए ।

एक नगरपालिका र सात गाउँपालिका मध्ये सबैभन्दा बढी मतदाता संख्या चन्दननाथ नगरपालिकामा ११ हजार ८२० रहेको छ । चन्दननाथ नगरपालिकामा मतदान स्थल १० वटा र मतदान केन्द्र १६ वटा रहेको छ । यस्तै सबैभन्दा कम मतदाता नामावली संख्या हिमा गाउँपालिकामा ६ हजार २८७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?