
२० वैशाख, काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा जित हात पारेका छन् ।
सोमबार भएको खेलमा महिला तर्फ आर्मीले एभरेष्ट भलिबल क्लब, रुपन्देहीमाथि २५–१९, २५–७, २५–१८ को जित निकालेको हो । पुरुष तर्फ भने आर्मीले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–१९, २५–८, २५–१८ ले जित निकालेको हो ।
जितसँगै आर्मीको महिला टिमले ३ अंक जोडको छ भने पुरुषले २३ खेलमा जित हात पार्दै ६ अंक जोडेको छ । आर्माीको पुरुष टिमले पहिलो खेलमा अर्को विभागीय टोली एपीएफलाई २५–२३, २५–१८, २५–२२ ले पराजित गर्दै ३ अंक प्राप्त गरेको थियो ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फ विभागीय टोली पुलिस क्लबले अर्को विभागिय टोली एपीएफलाई २५–२०, २५–२३, १७–२५ र २५–१६ ले पराजित गर्दै ३ अंक जोडेको छ ।
पुरुष तर्फ टिपटप हेल्प नेपाल भलिबल क्लबले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–२१, २७–२५, २५–२० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।
प्रतिक्रिया 4