
काठमाडौं । अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको स्वरमा ‘एउटा सपनी छ’को लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । यसअघि पुरुष र महिला भर्सनमा हिट भइसकेको गीतको नयाँ संस्करण मंगलबार मदनकृष्णको ७२ औं जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।
गीतकार तथा संगीतकार पुष्पन प्रधानले तयार पारेको गीतमा अभिनेत्री आँचल शर्माले पनि अभिनय गरेकी छन् । उनी मदनकृष्णको नातिनीको चरित्रमा देखिएकी छन् । बिरामी भएपछि स्मृति गुमाएका हजुरबुबाले आफूलाई भेट्न गाउँ फर्किएकी नातिनीसँग गरेको संवादको कथावस्तुमा गीति भिडियो तयार पारिएको छ ।
सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाईंको छायांकन र सम्पादन छ ।
कार्यक्रममा भिडियो हेरेर आँचलले हर्षका आँशु बगाइन् । मदनकृष्णले पनि आफूले जिन्दगीमा धेरै गीत गाउन नसकेको भन्दै यो गीत आफ्ना लागि सधैं नै विशेष रहने बताए ।
कार्यक्रममा केक काटेर मदनकृष्णको जन्मदिनसमेत मनाइएको थियो ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4