
२० वैशाख, पोखरा । पोखरा महानगरभित्र निर्वाचन आचार संहिताविपरीत प्रयोग भएका प्रचारप्रसार सामग्री निर्वाचन कार्यालयले नियन्त्रणमा लिएको छ ।
आचार संहिताविपरीत चर्को आवाजमा माइकिङ गरेको भन्दै मंगलबार १२ थान ‘हर्न स्पिकर’ नियन्त्रणमा लिइएको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रमुख निर्वाचन अधिकृत हुमनाथ पराजुलीले जानकारी दिए ।
पराजुलीले पोखरा महानगरपालिकामा क्षेत्रमा चुनावी प्रसारप्रचारमा कडाइ गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित प्रहरीको सहयोगमा अनुगमन गरेको जानकारी दिए । उनले कुनै पनि राजनीतिक पार्टी वा व्यक्ति आचार संहिताभन्दा बाहिर जान नहुने र त्यसको अनुगमन भइरहेका सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4