
२० वैशाख, हुम्ला । स्थानीय तहको निर्वाचन आउन १० दिन मात्रै बाँकी रहेका बेला हुम्लामा राजनीनीतिक दलहरुले घरदैलो अभियान सुरु गरेका छन् ।
सात स्थानीय तह र ४४ वटा वडा रहेको हुम्ला जिल्लामा राजनीतिक दल आफ्ना उम्मेदवारसहित मत माग्न मतदाताको घरदैलोमा पुगेका छन् ।
जिल्लामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन् भने नेकपा एमाले र नेकपा एकीकृत समाजवादी एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।
सदरमुकाम सिमकोट बजारमा मानिसको चाप घटेको छ भने गाउँ घरमा बाजागाजा सहित राजनीतिक दलको प्रचार टोली पुगेको छ ।
सर्केगाड गाउँपालिकाका अध्यक्षका उम्मेदवार ठानबहादुर रोकायाले वडा नम्बर १ बाट घरदैलो अभियान गरेको बताए । हुम्लामा ताजाकोट, अदानचुली, चंखेली, सर्केगाड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिका गरी ७ स्थानीय तह छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4