
२० वैशाख, काठमाडौं । ललितपुरमा सत्तागठबन्धनका उम्मेदवारहरुले संयुक्त घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।
सत्तागठबन्धनबाट मेयरमा चिरीबाबु मर्हजन, उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्राचार्य छन् । मेयर र उपमेयरसहित गठबन्धनबाट वडा सदस्यका उम्मेदवारहरु समेत संयुक्त घरदैलो अभियानमा छन् ।
घरदैलोमा संयुक्त ब्यानर लिएर हिँडेका नेता/कार्यकर्ताले भोट पनि रुख चिह्न र हसिँया हथौडामा मागिरहेका छन् ।
मेयरका उम्मेदवार महर्जनले २७ गतेसम्म संयुक्त घरदैलो अभियान चल्ने बताए । बिहान र बेलुकी घरदैलो गर्ने दिउँसो सामुहिक भेटघाट गर्ने गरी चुनावी प्रचारलाई व्यवस्थित गरिएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4