
२१ वैशाख, नेपालगञ्ज। नेपाली कांग्रेस बाँकेले आसन्न स्थानीय तहको निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । ‘घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी’ भन्ने नाराका साथ सार्वजनिक गरेको घोषणापत्रमा कांग्रेसले स्वास्थ्य क्षेत्रलाई प्राथिमकता दिएको छ ।
कांग्रेसको घोषणापत्रमा गाउँ तथा नगरपालिकाभित्र रहेका सबै वडामा आभारभूत स्वास्थ्य सेवा केन्द्रको भौतिक संरचनालाई सुधार गरी स्तरउन्नति गरिने उल्लेख छ ।
महिला स्वास्थ्य स्वयम् सेविकाको सुविधालाई बढाउने सबै स्थानीय तहमा स्तरीय स्वास्थ्य सेवाको व्यवस्थापन गरिने उल्लेख छ । जेष्ठ नागरिक, असक्त, एकल महिला, द्वन्द्व पीडित, सीमान्कृत, विपन्न वर्गका बालबालिकाका लागि स्वास्थ्य बीमा, सवल स्वास्थ्य प्रणालीलाई कांग्रेसले जोड दिएको छ ।
मातृ मृत्यु र शिशु मृत्युदर न्यूनिकरण गरिने घोषणा पत्रमा उल्लेख छ ।
नसर्ने रोगहरुको बढ्दो चापलाई न्यून गर्न ४० वर्षमाथिका हरेक नागरिकलाई उच्च रक्तचाप, मुटु, मधुमेह, मृगौला रोग, श्वासप्रश्वास सम्बन्धी रोग, महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङलगायतका नियमित स्वास्थ्य परीक्षण वर्षमा एक पटक निःशुल्क गर्ने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।
प्रतिक्रिया 4