
काठमाडौं । प्रतीक्षित हलिउड फिल्म ‘डक्टर स्ट्रेन्जः इन द मल्टिभर्स अफ म्याडनेस’को वर्ल्ड प्रिमियर गएराति अमेरिकी सहर लस एन्जलसमा सम्पन्न भएको छ ।
प्रिमिययरमा फिल्म हेरेका कतिपयले यसलाई हरर शैलीको बताएका छन् भने कतिपयले मिश्रित । कतिपयले चाहिं निर्देशक साम राइमी शैलीको फिल्मको रुपमा व्याख्या गरेका छन् ।
मार्भल स्टुडियोद्वारा आयोजित प्रिमियरमा कलाकारहरु बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सेनसहित उपस्थित रहे । फिल्ममा अभिनेता बेनेडिक्टले स्टेफन स्ट्रेन्ज पात्रको भूमिका निर्वाह गरेका छन् ।
मल्टिभर्स काल्पनिक संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो श्रृंखलाको कथावस्तु हो । आगामी शुक्रबार नेपाल, भारतसहित विश्वभर फिल्म प्रदर्शनको तयारीमा छ । भारतमा चाहिं अग्रिम टिकट बिक्रीबापत २० करोड भारु कमाइ गरेको जनाइएको छ ।
नेपालमा चाहिं फिल्मको सेन्सर जाँच बुधबार बेलुका हुँदैछ । फिल्मसँगै अर्को प्रतीक्षित हलिउड फिल्म ‘अवतार २’ टिजर पनि शुक्रबार नै रिलिज हुने जनाइएको छ ।
तस्वीरहरु :
प्रतिक्रिया 4